Logo
४ आश्विन २०८१, शुक्रबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिलाई मगन्ते निषेधित क्षेत्र बनाउने अभियान सुरु

काठमाडौं : पशुपतिनाथ मन्दिर क्षेत्रमा बुधबार सहयोगापेक्षी (मगन्ते) देखिएनन् । पशुपति वरपर उल्लेख्य संख्यामा मागन्तेु देखिने भएता पनि मगन्ते मुक्त क्षेत्र घोषणा गरेर उनीहरुलाई स्थानान्तरण गरेपछि पशुपति दर्शनार्थीले उनीहरुको सास्ती व्यहर्नु परेको छैन।

सोमबार पशुपति परिसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पशुपतिलाई मगन्ते मुक्त क्षेत्र घोषणा गरेका थिए।पशुपति क्षेत्र विकास कोषले पशुपतिलाई मगन्ते निषेधित क्षेत्र बनाउने अभियान सुरु गरेको थियो। त्यहाँ रहेका मगन्तेहरुलाई आश्रममा राखिएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार बाटो खर्च नभएर घर जना नसकेकालाई खर्च दिइए पठाएको र विरामीलाई उपचारको व्यवस्था गरिएको बताए। अन्य अवस्थाका लाई आश्रममा राखिएको बताए। आश्रममा रहेकालाई श्रमसँग जोड्दै पुनस्थापना गर्ने योजना रहेको ढकालले बताए।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्