Logo
२१ जेष्ठ २०८२, मंगलबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहजरुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्छौं : मन्त्री पुन

म्याग्दी : प्रदेश नम्बर ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनले सहजरुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताएकी छिन् ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मंगलबार गृह जिल्ला म्याग्दीको बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पुनले महिलाको प्रजनन र सहजरुपमा आमा बन्न पाउने अधिकारलाई सुरक्षित बनाउन नीतिगत पहल गर्ने बताईन् ।

आयआर्जनमूलक कार्यक्रम तथा योजनामा जोड दिँदै मन्त्री पुनले प्रदेशको नियम, ऐन, कानूनलाई जनमैत्री बनाउने बताईन् । प्रदेशको नीति बनाउन विज्ञसँग लगातार छलफलमा जुटिरहेको बताउँदै मन्त्री पुनले चैत २५ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र २९ गते पूरक बजेट ल्याउने तयारी भएको जानकारी दिईन् ।

कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले विज्ञको सुझाव र प्रदेशको वस्तु अवस्थाको अध्ययन गरेर जनताको समस्या समाधान गर्न सकिने किसीमको नीति नियम बनाउन मन्त्री पुनलाई सुझाव दिए ।जिल्ला समन्वय समितिका प्रमुख तथा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसीले म्याग्दीले राजनीतिमा मारेको फड्कोलाई आर्थिक, सामाजिक, भौतिक विकास र जनताको जीवनस्तर रुपान्तरणमा उपयोग गर्नुपर्ने बताए ।
रासस

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्