Logo
२९ कार्तिक २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंसहित देशका मुख्य शहरको धूलो नियन्त्रण गर्न सरकार तात्यो

काठमाडौं : काठमाडौंसहित देशका मुख्य शहरको धूलो नियन्त्रण गर्न सरकार तातेको छ । राजधानी काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरको धूलो नियन्त्रणका लागि भन्दै वातावरण मन्त्रालयमा धूलो नियन्त्रण इकाइ गठन भएको हो । धूलो नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन भन्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले धूलो नियन्त्रण इकाइ गठन गरेका हुन् ।

वातावरण मन्त्रालय अन्तर्गतको वातावरण प्रदूषण महाशाखाका प्रमुख शंकर पौडेलको नेतृत्वमा प्रदूषण नियन्त्रण इकाइ गठन गरिएको हो । इकाइले तत्कालै काम शुरु गर्नेछ ।

राजधानीलगायतका शहरलाई धूलोरहित बनाउने कुरालाई कार्यान्वयनमा ल्याउन यस्तो इकाइ गठन गरिएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली सरकारका पूर्व वातावरण मन्त्री लालबाबु पण्डितले काठमाडौंलाई धूलो र प्रदूषणमुक्त शहर बनाउने भन्दै अभियान शुरु गरेपछि प्रसंशा भएको थियो । धूलो नियन्त्रण इकाइ गठन भएपछि काठमाडौंको प्रदूषण नियन्त्रणमा आउने मन्त्री बस्नेतको विश्वास छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्