Logo
२९ कार्तिक २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहले औचित्यहीन निर्णय गरेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं : केही स्थानीय तहले औचित्यहीन निर्णय गरेको भन्दै संघीय संसदमा कुरा उठेको छ । एमाले सांसद विरोध खतिवडाले केही स्थानीय तहले औचित्यहीन निर्णय गर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा खतिवडाले इलाम नगरपालिकाको निर्णयतर्फ ध्यानाकर्षण गराएका हुन् । नगरले चैत १ गतेदेखि लागू हुने गरी बढी सन्तान जन्माउने प्रसूतिलाई बढी सेवासुविधा दिने कार्यक्रम ल्याएको छ ।

नगरको नाम नलिई सांसद खचिवडाले भने, पूर्वको एउटा नगरपालिकाले भनेको छ, जति धेरै बच्चा जन्मायो, त्यति भत्ता बृद्धि । किन रे भनेर मेयरको अन्तरवार्ता सुन्दा आउने ५ वर्षमा महानगर बनाउन रे ।’

उनले अघि भने, यस्तो राम्रो कुरा सबै नेपालीले सुनेर उत्साहका साथ यही काममा लागे भने .. किन लागेको भन्दा दक्षिण र उत्तरका देशमा धेरै जनसंख्या भए, त्यो संँग प्रतिस्पर्धा गर्न भन्यो भने के गर्ने ?’

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्