Logo
२९ कार्तिक २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई विशेष सम्बोधन गरेका छन् ।  सम्बोधनका क्रममा उनले आफ्नो आसन्न भारत भ्रमणबारे व्यवस्थापिका संसद्लाई जानकारी गराए । प्रधानमन्त्री ओलीले भारत भ्रमणमा नयाँ सन्धि सम्झौता प्राथमिकतामा नरहेको उल्लेख गरे ।

’यसपटक पनि नयाँ सम्झौताहरुको चाङ लगाउने वा गिन्ती बढाउने पक्षमा होइन’, उनले भने, ’सम्बन्धलाई यथार्थ रुपमा फलदायी बनाउने, भएका पुराना सम्झौतालाई कसरी प्रभावकारी बनाउने र कार्यान्वयन गर्ने भन्नेमा केन्द्रित हुनेछु ।’
प्रधानमन्त्रीले नयाँ थप्ने भन्दा पनि पुराना भइसकेका कुरामा ठोस प्रगति कसरी गर्न सकिन्छ, कसरी उपलब्धि हासिल गर्ने र अद्यावधिक गर्ने कुरामा आफ्नो ध्यान रहने बताए । प्रधानमन्त्री ओलीले भारतले प्रतिबद्धता गरेर पनि तीव्र रुपमा अघि नबढेका कामहरुबारे सोधिखोजी गर्ने आशय व्यक्त गरेका छन् ।

उनले विगतमा नेपालको हितमा भएका सम्झौताहरु अघि नबढेको अवस्था भए तिनीहरुलाई अघि बढाउने पक्षमा आफूले पहल गर्ने बताए ।

रेलमार्ग, जलमार्ग र हवाइ मार्गबारे कुरा उठाउने प्रधानमन्त्री ओलीले जानकारी दिए । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लगायत सम्झौता भएर पनि अघि नबढेका काममा आफ्नो ध्यान रहने प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्