Logo
२७ पुस २०८१, शनिबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन गरी संघीयता खारेज गर्नु पर्छ : अध्यक्ष केसी

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्र्ने माग गरेका छन् ।

सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्था कमजोेर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन नसक्ने बताए ।

अध्यक्ष केसीले प्रादेशिक व्ययभारको कारणले पूर्वाधार विकासका कार्यमा अवरोध पुग्ने बताउँदै राजनीतिक दलले संघीयताका लागि संघर्ष गरेको इतिहास नभएकाले यसले जातीय र क्षेत्रीय बिग्रह तथा विखण्डनको स्थिति ल्याउने सक्ने विचार व्यक्त गरे।

राजनीतिक दलले स्थानीय तहमा दिएको अधिकार अत्यन्त महत्वपूर्ण भएको बताउदै उनले विकेन्द्रीकरणको आधारमा संविधान संशोधन गरी संघीयता खारेज गरी देश र जनताको हितमा कार्य गर्न राजनीतिक दल र सरकारसंग आग्रह गरे ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्