Logo
१६ मंसिर २०८१, आईतबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यका सहित पूर्वी पहाडी भेगमा वर्षा

काठमाडौँ : पूर्वबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले सोमवार काठमाडौँ उपत्यकासहित पूर्वी पहाडी भेगमा बद्लीभई वर्षा भइरहेको छ । उक्त वायुको प्रभावले मेघगर्जनसहित वर्षा भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

दिउँसोदेखि विकसित भएको मौसमी प्रणाली देशका पूर्वी भेग हुँदै मध्यसम्म फैलिएको र सोमवार रातिबाट मौसममा सुधार आउने उनको भनाइ छ । अहिले पनि उपत्यकाका धेरै स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा शुन्य दशमलव पाँच, ओखलढुंगामा शुन्य दशमलव नौ, ताप्लेजुङमा शुन्य दशमलव पाँच र जनकपुरमा दुई दशमलव चार मिलिमिटर वर्षा भएको छ । सोमवार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्