Logo
१६ मंसिर २०८१, आईतबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको फैसलाको विरोधमा बन्द, झडपमा १ युवकको मृत्यु ३० जनाभन्दा बढी घाइते

अनुसुचित जाति जनजातिको सुरक्षाको लागि बनाइएको कानुनका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गर्दै आह्वान गरिएको भारत बन्दका क्रममा १ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएको भारतीय मिडियाले जनाएका छन् । त्यहाँका दलित नागरिकले सर्वोच्चको फैसलाको विरोधमा बन्द गरेका हुन् ।

सर्वोच्च अदालतले केही अघि कसैलाई पनि भेदभावविरुद्ध बनाइएको कानुन (एससीएसइ एक्ट) अन्तर्गत पक्राउ गर्नुपर्ने भएमा जाँचपछि एसपी तहको अधिकारीको स्वीकृति लिनुपर्ने फैसला गरेको थियो । यससँगै आरोपी सरकारी कर्मचारी भएमा अधिकारप्राप्त सरकारी निकायको स्वीकृतिपछि मात्र पक्राउ गर्नुपर्ने फैसला गरिएको थियो । अदालतको यही फैसलाका कारण यहाँका दलितहरु रुष्ट छन् ।

उनीहरुले यस्तो अवस्था आएमा माथिल्ला जातीका व्यक्तिहरुले आफूहरुमाथि थप अत्याचार गर्ने बताएका छन् ।बन्दका क्रममा मध्य प्रदेशको मुरैनामा भएको झडपमा एक युवकको मृत्यु भएको छ । राजस्थानको बाडमेर र मध्य प्रदेशको भिंड प्रान्तमा दुई गुटको बीचमा भएको झडपमा ३० जनाजति घाइते भएको बताइएको छ । यहाँ कैयौं सवारीमा आगजनी गरिएको छ । पंजाब, बिहार, उत्तर प्रदेश र ओडिशामा बन्दको व्यापक असर छ । केन्द्र सरकारले आज सर्वोच्च अदालतका यो विषयमा पुनरावलोकनका लागि निवेदन दिँदैछ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्