Logo
१६ मंसिर २०८१, आईतबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्वाटरमा तरकारी फलाउँदै मन्त्री शेरबहादुर तामाङ

ललितपुर : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहीबार मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरेका छन् । बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गरेका छन् ।

कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका उपस्थित थिए । उनले क्वाटरमा कार्यरत कर्मचारीलाई आफूलाई पुग्ने तरकारी यही फलाउन निर्देशनसमेत दिए । मन्त्री तामाङले जमिन बाँझो राखेर खाद्यान्न आयात गर्ने क्रम रोक्नका लागि आफूले यहाँको जमिन खनजोत गर्न थालेको बताए । मन्त्री क्वाटरमा रहेको जमिनमा तरकारी लगाए यहाँ तरकारी किन्नु पर्दैन । उनले भने, ‘अब सबै मन्त्रीहरूमा कसले राम्रो तरकारी फलाउने भन्ने प्रतिष्पर्धा हुनुपर्छ ।’

नेपालमा भित्रिने धेरै विप्रेषण खाद्यान्न खरिदकै लागि विदेशिने गरेको छ भन्दै उनले झण्डै रु एक खर्ब खाद्यान्नका लागि बाहिरिने गरेको तथ्याङ्क छ । अबको दुई वर्षमा नै नेपाललाई खाद्यान्न, फलफूल, दूधलगायतमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । जमिन बाँझो राख्न नहुने कानूनी व्यवस्थालाई कडाइका साथ लागू गराउन पहल गरिनेमा पनि मन्त्री तामाङले जोड दिएका छन् ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्