Logo
१३ मंसिर २०८१, बिहीबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नमूना प्रदेश बनाउन उद्योगी व्यापारीको सहयोग आवश्यक : मुख्यमन्त्री

विराटनगर : प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशलाई उत्कृष्ट, समृद्ध र नमूना प्रदेश बनाउन उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताउनुुभएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको एक नम्बर प्रदेशको आर्थिक सामाजिक विकासका लागि छलफल कार्यक्रममा उहाँले यस क्षेत्रका व्यापारीलाई एउटा नमूना काम गरेर देखाउनेबेला आएको बताउनुुभयो ।

मुख्य मन्त्री राईले विकास र समृद्धि नै प्रदेश सरकारको मुुख्य लक्ष्य भएकाले जनताले अब चाँडै नै अनुुभूति गर्नेगरी विकास निर्माणका कामले गति लिने विचार व्यक्त गर्नुभयो । उहाँले १ नम्बर प्रदेशमा विकासका प्रशस्त सम्भावना रहेकाले निर्धक्क भएर लगानी गर्न उद्योगीलाई आग्रह गर्नुुभयो । उहाँले कृषि, ऊर्जा, पर्यटन, शिक्षालगायतका विकासका क्षेत्रका लागि सरकारले ठोस योजना तयार गर्ने कार्यमा विज्ञले आवश्यक सुझाव दिन आग्रहसमेत गर्नुभयो ।

मुख्यमन्त्री राईले धेरै योजनामा हातहाल्दा परिणाम सहज नहुुने भन्दै आवश्यक र मुुख्य योजनालाइ मात्र सरकारले प्राथमिकता दिने बताउनुुभयो । प्रदेशका सबै मन्त्री तथा मन्त्रालयका सचिव सहभागी हुनुभएको उक्त कार्यक्रममा प्रदेशको औद्योगिक विकासका लागि विज्ञको सहयोगमा कृषि, शिक्षा, उद्योग, ऊर्जालगायत सातवटा विषयमा बनाइएका योजनाको सुुझावसहितको कार्यपत्र प्रस्तुुत गरिएको थियो । उद्योग संगठन मोरङका अध्यक्ष मुुकेश उपाध्यायको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्