तालिबानद्धारा मलालालाई गोली हानी हत्याको प्रयास
काठमाडौं : नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाइका लागि पाकिस्तानमा कडा सुरक्षाको प्रबन्ध गरिएको समाचार छ । उनलाई तालिबानहरुको धम्कीका कारण यस्तो सुरक्षा दिइएको पाकिस्तान सरकारले स्पष्ट गरेको छ । उनी हाल पाकिस्तानमा छिन् । उनको आफ्नो गृहनगर पुग्ने पनि कार्यक्रम रहेको छ ।
पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उनलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेको भन्दै तालिबानले गोली हानेका थिए । मलालालाई पाकिस्तानको स्वात उपत्यकास्थित मिङ्गोरामा गोली हानेका थिए । त्यसपछि उनको बेलायतमा उपचार भएको थियो । उनले अहिले पनि बालिका शिक्षाको वकालत गरिरहेको छ ।
उनलाई गोली हानेयता पहिलोपटक हाल त्यहाँ पुगेका छन् । हाल पाकिस्तानमा रहेकी उनले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेटगर्ने कार्यक्रम रहेको छ । बेलायतस्थित अक्फोर्ड विश्वविद्यालयमा अध्ययनरत उनले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा कामगर्ने इच्छा रहेको बताउए ।
उनकोनाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ । यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिएको छ ।उक्त संस्थाले विशेषगरी बालिकाहरूको शिक्षाको क्षेत्रमा काम गर्दछ । पछि यसै संस्थामार्फत आफूले कामगर्ने योजना रहेको मलालाको भनाई छ ।
(रासस)