Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार ! के परीक्षामा उतिर्ण भई जागिर खाने मेरो अभिलाषा पुरा हुदैन ?

अस्थायी शिक्षकहरुका लागि लिइने भनिएको परिक्षा पछिल्लो पटक फेरि स्थगित भएको छ । सरकारको यो पछिल्लो निर्णयपछि यस्को ब्यपक आलोचना भइरहेको छ । एक जना अस्थायी शक्षक पदमलक्ष्मी राईले यसरी आक्रोश ब्यक्त गरेकी छन् । उनको विचार जस्ताको त्यस्तै :

सरकार !
म सङ्खुवासभा जिल्लामा कार्यरत एक अस्थायी महिला शिक्षक हु । मलाई जबर्जस्ति स्थायी गर भनेर कहिल्यै पनि न कुनै आन्दोलनमा ढुङ्गा हान्न गए न कुनै पार्कमा पाल टागेर अनसनको नौटङ्कीमा सहभागी भए । म आफ्नो ड्युटीमा तिमीले खटाए बमोजिम बिना आग्रह/पुर्बाग्रह लागिरहे र लागिरहेको छु ।

तर तिमीले म जस्ता करिब २३ हजारलाई स्थायी गराउछु भनेर दुई पटक बिज्ञापन गर्‍यौ र म पनि कानुन बमोजिम सहभागी भए । सबैमा पक्कै केही आशा हुन्छ नै र मैले पनि त्यही आशा गरेर परीक्षाको तयारीमा भरमग्दुर जुटे । म टीका लगाएर होइन बौद्धिक परीक्षामा उतिर्ण हुने ठूलो अभिलाषा पालेको मान्छे हु । तर सरकार तिमीले पटक-पटक परीक्षा स्थगित गरिरहदा  : 

१. हामीलाई तिम्रो दास बनाएर जोताउने उदेश्य पूरा भो ?
२. कहिले सम्म अस्थायीलाई पीडा दिन्छौ ? यो पिडाले देशको सार्बजनिक शिक्षामा कति प्रगतिको आशा गरेका छौ?
३. के अस्थायी शिक्षकलाई रेडलाइट एरियाको नगर बधु सम्झेका छौ जसलाई आफ्नो इच्छा अनुसार मैथुन गर्न चाहन्छौ ?
४. म परीक्षाको तयारीको लागि भनेर ३ पटक भो बिराटनगर आएर बसेको । यसलाई तिमीले जात्रा सम्झेका छौ ?
५. बिराटनगर मेरो माइती होइन, मितको घर छैन, होटलमा नर्तकी भएर बस्न सकिन । तीन पटकको खर्च आफै हिसाब गर ।
६. परीक्षा दिनु मेरो रहर होइन, बध्यता हो । तर तिमीले परीक्षाको लागि भनेर नियमावलीमा बिदाको व्यवस्था गरेका छैन । मेरो पाकेको बिदा सबै सकियो । यसको क्षतिपूर्ति कसले दिने ?
७. म जस्तो महिला शिक्षक जो कोहि गर्भवती आमा, कोहि सुत्केरी आमा र कोहि दुधे बालकका आमाहरु दुर दराजबाट परीक्षा केन्द्र सम्म आउदै जाँदै गर्दा कति दुख भो होला, कल्पना गर्ने क्षमता छ ?
८. सबै भन्दा गहिरो चोट भनेको आत्मसम्मान मा लागेको छ, विक्षिप्त मानसिकता भएको छ । यतिबेला हामी कसरी बालबालिकालाई पढाउन सक्छौ ?
मैले यतिखेर पुर्बका नारी नक्षत्र “योगमाया” लाई सम्झन पुगेको छु जसले तिमी जस्तै जिम्मेवारबिहिन राज्यसत्ता बाट वाक्क भएर अरुन नदीमा फाल हानेर आत्मदह गरेका थिए ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्