Logo
२७ पुस २०८१, शनिबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता खुमबहादुर खड्काको पार्शिव शरिर शनिवार स्वदेश ल्याइँदै

काठमाडौं : शुक्रवार साँझ ५ बजे दिल्ली स्थित एपोलो अस्पतालमा निधन हुनु भएका पुर्व मन्त्री एवं नेपाली कांग्रेसका प्रशावशाली नेता खुमबहादुर खड्काको पार्शिव शरिर भोली स्वदेश ल्याइने तयारी भइरहेको छ । शनिवार बेलुकासम्म खड्को पार्शिव शरिर स्वदेश ल्याइनेछ र पर्सी आइतबार कांग्रेस मुख्यालय सानेपामा श्रदाञ्जलीका लागि राखिनेछ ।

दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत अवस्थामा आज सवा ५ बजे नेता खड्काको स्वगारोहण भएको हो ।प्रजातन्त्रका लागि सेनानीका रुपमा काम गर्नु भएका नेता खड्काको शुक्रबार बेलुकी निधन भएको हो । उहाँ ६६ बर्षको हुनुहुन्थियो । बिद्यार्थीकालदेखि निरन्तर प्रजातन्त्रका लागि लड्दै आउनु भएका खड्का झण्डै आठ बर्ष जेल जिवन विताउनु भएको थियो ।

बिरामी अवस्थामा समेत कांग्रेसको सक्रिय राजनिती गर्दै आउनु भएका खड्का पछिल्लो समय मृर्गौला पिडित हुनुहुनिथयो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसीयुमा राखेर उपचार सुरु भएको थियो । उहालाई गत ६ फागुनमा थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो । खड्कालाई मिर्गौला र छातीमा समस्या देखिएपछि आइसीयुमा राखिएको थियो । ‘छाती र मृर्गौलामा देखिएको समस्या बढेपछि आइसीयुमा राखेर उपचार सुरु गरिएको थियो ।

४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा समस्या कम नभएपछि एपोलोमा लगिएको थियो । खड्काले गृह मन्त्रालय लगायत अन्य मन्त्रालय समाल्नुभएको थियो । उहाँ नेपाली कांग्रेसको महामन्त्री समेत भएर पार्टी सक्रिय राजनीति गर्नु भएको थियो । खड्काले २ बर्षअघि भएको कांग्रेस महाधिबेशनमा लोकप्रिय मत ल्याएर केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

खड्का नेपाली कांग्रेस हिन्दुराष्ट्र महाअभियानका संयोजक समेत हुनुहुन्थियो । जननायक बीपी कोइरालाका अत्यन्त ठूला अनुयायी स्वर्गीय खड्का राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी वि.स. २०३३ साल पुष १६ गते नेपाल फर्कनुहुँदा सँगै स्वदेश आउनुभएको थियो । राष्ट्रवादी नेताका रुपमा स्थापित खड्का विपीको अत्यन्तै विश्वासपात्र हुनुहुन्थ्यो । मुलुकको प्रजातन्त्रको लागि उहाँले लामो समय सम्म निर्वास जिवन बिताउनु भएको थियो ।

पञ्चायतविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहनुभएका नेता खड्का पछिल्लो समय हिन्दुराष्ट्र पुनःस्थापन अभियानमा समेत सक्रिय हुनुहुन्थ्यो । गणतन्त्र आएपछि बनेको २०७२ को संविधानका केही विषयमा खड्काले असहमति राख्दै आउनुभएको थियो । हिन्दु राष्ट्र कायम गर्नुपर्ने उहाँको एजेण्डाले पछिल्ला दिनमा देशब्यापी चर्चा कमाएको थियो ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्