सशस्त्र लुटेराको आक्रमणबाट ३२ गाउँलेको मृत्यु
लागोस,नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले शुक्रबार जनाएका छन् ।
अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै भने मृतक गाउँलेको अन्तेष्टि गरिएको बताए । मृत्यु हुनेमा केही महिला तथा बालबालिकासमेत रहेका उनले बताए ।
उक्तस्थान वरपर गाउँलेका थप मृत शरीर रहेको हुनसक्ने विश्वासमा खोजी जारी राखिएको छ, उनले भने ।
घटनास्थलमा सुरक्षाकर्मीको ठूलो फौज तैनाद गरिएपछि लुटेराहरू गाउँबाट भागेका गाडोले बताए ।
सन् २०१८ को खेती लगाउने समयसँगै हुनसक्ने लुटेराको आक्रमणलाई प्रतिकार गर्ने योजना बनाउन स्थानीय बवन दाजी गाउँमा भेला भएका गाउँलेहरूमाथि नै लुटेरा समूहले बिहीबार आक्रमण गरेको सुरक्षा स्रोतले बताएको छ ।
लुटेराले आक्रमण गर्नु पहिले गाउँमा कुनै खेतीजन्य गतिविधि हुनेछैन भनी चेतावनी दिएका बाँच्न सफल केही स्थानीय नाइजेरियालीले बताए ।(रासस)