Logo
५ माघ २०८१, शनिबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानिय तहमा भ्रष्टाचारको नमुना : २७ कप चियाकाे २ लाख १३ हजार विल !

निकै नै अधिकार सम्पन्न बनाइएका स्थानिय तहमा भ्रष्टाचारले कसरी जालो बनाउदै छ त्यसको नमुना सार्वजनिक भएको छ । सरकारी सम्पत्ति र बजेट सक्न जनप्रतिनिधीहरूले अनेक हतकण्डा अपनाउँछन् । अझ संघिय संरचनामा स्थानीय निकायलार्इ राज्यले बढि जिम्मेवार र बलियाे बनार्इरहँदा त्यहाँ भ्रष्टाचारका संभावना धेरै बढ्छन् । सरकारी बजेट सिध्याउन स्थानिय जनप्रतिनिधिहरूले कार्यक्रम नै नभएका शिर्षकमा समेत बजेट दिने गरेकाे समेत पार्इएकाे छ भने, कतिपय स्थानमा स्थानिय संघ संस्थाहरूसँग मिलेर बजेट खर्च गर्ने गरेका छन् । यस्तै एउटा कार्यक्रम दुहवी भलुवा नगरपालिका वडा नं.८ मा भएकाे छ ।

सुनसरीको दुहवी नगरपालिका ८ मा रहेको एक संस्थाले बालबालिकाका लागि गरेको कार्यक्रममा २७ कप चिया खुवाएर दुर्इलाख भन्दा बढिकाे बिल भर्पाई बनाएको तथ्य फेला परेको छ । वातावरण संरक्षण तथा दक्ष जनशक्ति विकास केन्द्र नामक संस्थाले दुहवी नगरपालिका ८ नं वडा कार्यालयसँग वालवालिका लक्षित कार्यक्रम गर्न २ लाख १३ हजारमा वालविवाह न्युनिकरण सम्वन्धि कार्यक्रम गर्न सम्झौता गरेको थियो ।

गत बिहिबार साे संस्थाले साेहि वडाकाे रनिगाउँ स्थित दुर्गा मन्दिरमा कार्यक्रम अायाेजना गर्याे । महिला र वालविवाह न्यूनिकरणका लागि कार्यक्रम गरिएकाे भनिएपनि त्यहाँ एकाध दुर्इ वाहेक कुनै बालबालिका सराेकार वाला उपस्थित भएनन् । दुर्गा मन्दिरको साँघुरो कोठामा गरेको कार्यक्रममा २५ जना सहभागी भेला पारेर २७ कप चिया, भुजा र आलुचप खुवाएर कार्यक्रम सम्पन्न गरियाे । वालविवाहका विषयमा कसैले कुरै उठाएन । ‘सामान्य अाैपचारिक कार्यक्रम गरेर बजेट सक्ने याेजना बनार्इएकाे रहेछ ।’ एक स्थानियले बताए ।

लक्ष्मी कुमारी ठाकूर, अध्यक्ष

अध्यक्ष लक्ष्मीकुमारी ठाकुर र उनका श्रीमान नरेश ठाकुरले वातावरण संरक्षण तथा दक्ष जनशक्ति विकास केन्द्रलार्इ आफु खुशी चलाएर स्थानिय निकायकाे बजेट खाने गरेका छन् । पूर्व पर्यटन तथा संस्कृति राज्य मन्त्रीकी स्वकीय सचिब समेत रहेकी लक्ष्मीले यस अघिपनि नगरपालिका र वडाबाट सेटिङमा बजेट कुम्याउने गरेकाे स्थानियकाे भनार्इ छ । ‘श्रीमान श्रीमती दुवैले कागजमा मात्र कार्यक्रम भएको देखाउँदै रकम उठाएर लाखौ रकम अनियमितता गर्दै आएका छन् ।’ दुहवी नगरपालिका कार्यालयका एक कर्मचारीले बताए । उनले विगतमा पनि साे संस्थाले लागू अाैषध नियन्त्रण सम्बन्धि काम गरेपनि विवाद उत्पन्न भएकाे बताए ।

दुहवी वडा नं. ८ का अध्यक्ष पारिकचन्द्र सरदारले संस्थाले २ लाख १६ हजार बराबरकाे प्रस्ताव पेश गरेकाे र वडा कार्यालयले नगरपालिकामा सिफारिस गरेकाे बताउँदै कुनै भुक्तानी नगरिएकाे बताए । उनले बिहिबारकाे कार्यक्रमका विषयमा अाफुलार्इ समेत गुनासाे अाएकाे भन्दै अायाेजक संस्थाका अध्यक्षलार्इ नै बाेलाएर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएकाे बताए ।

‘मैले पनि याे विषयमा जानकारी पाएकाे छु, उहाँहरूलार्इ बाेलाएरै पैसा खाने नियतले काम नगर्नुस् भनेकाे छु ।’ उनले भने । अध्यक्ष सरदारले संस्थाले कार्यक्रम गर्दा वडा र नगरपालिकाले अनुगमन गर्ने र चित्त बुझ्दाे भए मात्र भुक्तानी दिने बताए । ‘तपार्इ ढुक्क हुनुस्, उहाँहरूले कहाँ कसरी कार्यक्रम गर्नुहुन्छ सबै अनुगमन गर्छु । प्रभावकारी र चित्त बुझ्दाे भएन भने बजेट दिर्इदैन ।’

वातावरण संरक्षण तथा दक्ष जनशक्ति विकास केन्द्रकी अध्यक्ष लक्ष्मी कुमारी ठाकूरले भने बिहिबारकाे कार्यक्रम उद्घाटन मात्र भएकाे बताउँदै वडाका १० स्थानमा कार्यक्रम गर्ने जिकिर गरिन् । ‘हामीले बिहिबार शुरू मात्र गरेका हाैं, वडामा बाल क्लब गठन गर्ने, र्याली गर्ने, सडक नाटक देखाउने, प्रदर्शनी गर्न जस्ता कार्यक्रम छन् ।’उनले मकालु खबरलार्इ भनिन् ।

उनले मकालु खबरसँग अाफु पूर्व राज्यमन्त्री सुमित्रा विस्वासकाे स्वकीय सचिब समेत भएकाे मान्छे भन्दै ‘हामीलार्इ पनि थाहा छ नियम कानुन कसैले सिकार्इरहनु नपर्ने’ भनिन् ।

पछिल्लाे समय दुहवी नगरपालिकामा कागजी काम गरेर बजेट सकाउने काम धेरै भएकाे छ । स्थानिय स्तरमा खाेलिएका क्लब, सामाजिक संस्थाले विभिन्न कार्यक्रम बनाएर नगरपािलकामा बजेट माग्ने गरेका छन् । नगरपालिकाले सामाजिक कामका लागि स्थानिय संस्थाहरूसँग सहकार्य र समन्वय गर्ने गरेकाे छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्