Logo
३ आश्विन २०८१, बिहीबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करिब ९० रोपनी स्थापित गाई फार्ममा आगलागी, लाखौंको क्षती

बागलुङको काठेखोला गाउँपालिका वडा नं. २ भिमापोखराको एक गाई फार्ममा आगलागी भएको छ । आगलागीबाट लाखौँको क्षती भएको छ । बागलुङ पशु श्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको फार्ममा आगलागी हुँदा ७५ लाख बराबरको क्षती भएको संस्थाका उपाध्यक्ष दिपक गौतमले बताए ।

शुक्रबार बिहान करिब ३ बजेको समयमा अचानक भएको आगलागीबाट गाई गोठ र गोठमा रहेका महत्वपूर्ण उपकरणहरु जलेर नष्ट भएको गौतमले जनाए । आगलागीबाट १० गाई घाईत भएका छन् । यद्यपी कुनै मानवीय क्षति भने भएको छैन ।

गोठमा रहेको मिल्किङ मेसिन, कटिङ मेसिन, क्यानहरु, वर्षाको समयका लागि संकलन गरिएको घाँस लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । करिब ९० रोपनी जग्गामा ४ करोडको लागतमा गाई पालन गरिएको थियो । फार्ममा १ सय २५ वटा गाई रहेका छन् ।

दैनिक १ हजार लिटर दुध विक्री गर्दै आइरहेको संस्थाले ८ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसका लागि थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्