Logo
१० मंसिर २०८१, सोमबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूँजी बजारका लगानीकर्ताका लागि बहुप्रतिक्षित श्वेतपत्र आउँदै

काठमाडाैँ : पूँजी बजारका लगानीकर्ताका लागि बहुप्रतिक्षित श्वेतपत्र अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गर्ने भएकाे छ । श्वेतपत्रले हाल बैंकहरूमा देखिएको तरलता संकट समाधान गर्ने तत्कालिन उपायको खाजी कसरी गर्छ भनेर बैंक तथा वित्तीय संस्थाले ब्यग्रतापूर्वक हेरेका छन् ।  यसरी नै श्वेतपत्रमा निरन्तर घटेको सेयर बजारलाई बिश्वासमा लिएर के के कार्यक्रम आउँछ भन्ने विषय पूँजी बजारका अाम लगानीकर्तालेमा चासो छ ।

अर्थमन्त्रीका निजी सचिव तुलसी मैनालीका अनुसार शुक्रबार दिउँसो तीन बजे श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम निर्धारण गरिएकाे छ । अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पाेखरेलले श्वेतपत्रमा शेयर बजारसँगै बैंक तथा वित्तीय क्षेत्रलाई समग्र रुपमा समेटर विशेष कार्यक्रम अाउने मेराेलगानीलार्इ जानकारी दिए ।

सरकारले श्वेतपत्र मार्फत स्थानीय, प्रदेश र संघीय सरकारबीच स्रोत बाँडफाँड र वितरणमा देखिएको समस्या तथा भविष्यमा चाल्नुपर्ने रणनीतिलाई पनि सम्बोधन गर्ने बताइएकाे छ । त्यस्तै बढ्दो व्यापार घाटा र विकास परियोजनाहरुमा लगानी विस्तार गर्ने विषयलाई पनि सम्बोधन गर्ने सरकारको तयारी छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्