टिकापुर काण्ड : जनयुद्धपछि सुरक्षाकर्मी मारिएको पहिलो घटना
टिकापुरमा भाद्र ७ गते जुन घटना घट्यो, त्यसले टिकापुर मात्रै होइन, एक पटक देश नै हल्लियो । जनयुद्ध पश्चात यतिका सुरक्षाकर्मी एकै दिन मारिएको यो नै पहिलो घटना हो । यो जनताका असन्तुष्टि अझै रहेछन् भन्ने कुरा प्रमाणित मात्रै गरेन कि पहिचानका नाममा जनता यो स्तरसम्म उत्रिन सक्दा रहेछन् भने पुष्ट्यापनि भयो ।
आखिर यस्तो गम्भीर बर्बर र जनताको नजरमा अपराधपूर्ण घटना कसरी घट्यो त ? के साँच्चिकै थारुहरुमा यस्तो घटना घटाउने सुनयोजित योजना नै थियो त ? या त त्यस्तो कुनै पर्दा पछाडिको शक्तिले उनहिरुलाई उकास्यो ? आखिरकसको आडमा यत्रो घटनाको सुत्रपात भयो ? के बाहिर मिडियामा आएका सबै समाचारहरुमा सत्यता थियो त ? मैले आफुले पत्रकार भएर विताएको दुई दशकलाई धेरै पटक स्मरण गरें । मलाई केही केही घटनासंग मिडिया र सुरक्षाकर्मी जोडिएको स्मरण पनि छ ।
तर एकपक्षीय रुपमा मात्रै प्रचार गरिएको टिकापुर घटनाले मलाई सोच्न बाध्य बनायो, त्यही दिनबाट म नश्लवाद एकात्मक शानि पद्धतिले नेपाललाई नराम्ररी गाँजिसकेको र यसबाट मुक्तिका लागि निकै ठूलो सङ्घर्ष गर्नु पर्न भविष्यको चित्रण मानसपटलमा झल्किरहन्छ । टिकापुर घटना भैगोलिक रुपले कस्तो स्थानमा घट्यो ? घटनास्थल टिकापुर बजारबाट तीन कि.मि. पर सुरक्षाकर्मी किन र कसरी पुगे ? टिकापुर घटनामा सुरक्षाकर्मीको लापरवाही छ कि छैन ? टिकापुर घटनाको पछाडि अखण्ड पक्षका उद्दण्ड चरित्रको मानसिकताले कस्तो भूमिका खेलेको छ ? सुरक्षाकर्मीको आपसी तालमेल कस्तो थियो ? धेरै ठाउँमा राज्यका सञ्चालक सुरक्षाकर्मी चुकेका छन् तर यो भनिदिने साहस कसैले किन गरेनन् ? किन जनपद प्रहरीतफै त्यत्रो क्षति भयो ? टिकापुर घटना घट्नु भन्दा केही साता पहिले मात्र त्यसबेलाका गृहमन्त्री बामदेव गौतमले म जनपद प्रहरीबाटै असुरक्ष्ति छु, कुनैपनि बेला म माथि घटना हुनसक्छ जस्ता अभिव्यक्ति किन दिन्थे ?
टिकापुर घटनापछि एकाएक जनपद प्रहरीका प्यारो कसरी भए ? घटनामा संलग्नको बयान किन बङ्ग्याइँदैछ ? के टिकापुर घटनामा सुरक्षाकर्मीतर्फ मात्रै क्षति भयो ? गोली लागेका एउटा पनि आन्दोलनकारीको बयान किन मिडियामा आउन सकेन् ? सयौं अनुत्तरित प्रश्नहरु छन् । टिकापुर घटनाको समस्या समाधान हुन नसक्नाको एउटै कारण हो, जो जो अहिले समाधानका लागि पहल गरिरहेका छन्, तिनीहरु नै हिजो ब्यवधान अडा गर्ने नायकहरु थिए । म निर्वासनमा छँदा अत्यन्तै सूक्ष्म तरिकाले यो घटनाको अवलोका गरेको छु र साथै समाधानको सजिलो उपाय पनि समस्यामा नुनचुक छर्केर चहराउने मेरो नियत भए यतिका समय चुपचाप बस्ने थिइँन । किन र केका लागि पुस्तक लेखे मैले । मसंग जुन सीप, क्षमता, कौशल छ त्यहि नै मेरो लडाइँको अस्त्र हो, त्यसैले मैले यसmाई अस्त्र ठाने र चुपचाप लेख्ने हिम्मत गरें ।
धेरैलाई लागेको छ, टिकापुर घटना केवल भाद्र ७ गते मात्रै भएको हो । यहि कुरामा यो देशका मानवअधिकारकर्मी, पत्रकार, राजनैतिक दल र घटनास्थललाई अध्ययन नगर्नेहरु नराम्ररी चुकेका छन् विशेषतः यो घटनाले मानवअधिकारकर्मी र पत्रकार काम, कर्तव्य, अधिकार र विश्वसनियतामाथि ठूलो प्रश्नचिन्ह खडा भएको छ । पत्रकार र मानवअधिकारकर्मी पनि एकपक्षीय हुँदा रहेछन् भन्ने कुराको पुष्टि गरेको छ । टिकापुर घटनाले । भाद्र ७ गते भिडन्तमा मारिएको सबै सुरक्षाकर्मीको दोष एकप्रक्षीय रुपमा आन्दोलनकारीलाई थोपर्न खोजिएको छ । तर भाद्र ८ गतेदेखि थारु जातिमाथि भएको दमन रबर्बरताको न्यायिक खोजि गर्ने चेष्टा कसैले पनि गरेनन् । यसले थारुहरुलाई आत्मिक चोट लागेको छ, जुन चोटको असर अहिले पनि टिकापुरले भोग्दैछ । के टिकापुर घटना भाद्र ७ गते मात्रै भएको हो ?
उसोभए भाद्र८ गते ८७ जना थारुहरुको घर छानी छानी जलाउनुका पछाडि कुनै राजनैतिक शक्ति लुकेको छ त ? भाद्र ८ गते शुरु भएको राज्यको नश्लवादी दमनमा अहिलेसम्म पूर्णविराम लागेको छैन । ७ गतेको घटनाले सरकारी पक्षले कफ्र्यु आदेश जारी गरेको थियो, के त्यो कफ्र्यु केवल थारुहरुका लागि मात्रै लगाइएको थियो त ? कफ्र्युमा खटिएका सेना, प्रहरी, सशस्त्र सुरक्षा प्रणालीलाई ८ गतेको घटनाले के सन्देश दिन्छ ? यसबाट पनि प्रष्ट हुन्छ कि थारुहरुमाथि दमन रविभेद थियो, जुन टिकापुर घटनापछि अझै बढेर गयो । हो राज्यले आंतक सिजैन गर्ने, सद्भावमाथि खलल पु-याउने, सामाजिक विद्रोह सिर्जना गर्नेलाई कार्वाही गर्नुपर्छ तर के कार्वाहीका भागिदार केवल थारु मात्रै बन्नु पर्ने हो ? यो देशको कानुन केवल थारुलाई मात्रै लाग्ने हो ? भाद्र ८ गतेको टिकापुर घटनाले पुष्टि गर्दछ कि थारुलाई मात्रै यो देशको कान्न थारुले मात्रै सामाजिक विभेद रदमन सहनु पर्दोरहेछ । विश्लेषकहरुले दुवै दिनको घटनालाई केलाएर न्यायोचित पहल गर्नु पर्ने हो, तर यतातिर न राज्यको कानुनले देखायो, न त ब्यवहारले नै ।
थारुका होटेल, पसल, एफ.एम.झुपडीमा दन्किरहेको आगोका बीचमा ७ गतेको समाचार पढिन्थ्यो । टी.भी. स्क्रिनमा आगोको मुश्लो उडिरहेको हुन्थ्यो तर समाचार वाचन भने सात जना सुरक्षाकर्मी र बालक मारिएको मात्रै हुन्थ्यो । यसरी समाचार प्रसार प्रचार गर्नेहरुले के आँकलन गर्थे भने, थारुहरुलेघर, पसल सबैठाउँमा आगो लगाएर सबैका हत्या गरेका हुन् । घटनास्थलमा पुगेका मानवअधिकारकर्मी पनि एकपक्षीयरुपमा अन्तरवार्ता लिरहेको हुन्थें । टिकापुरको ॐ शान्ति भवनमा एउटी थारु थरकी महिला बच्चासहित सेल्टर लिइरहेकी थिइन् ती महिलालाई उद्दार गरेर धनगढीसम्म पु¥याइदिनका लागि लाख बिन्ती गरियो तर मानवअधिकारकर्मी सुदीप पाठक कर्णालीमा पुगेर माछा भात खान रमाए, तर उद्दररकालागि गरिएको आग्रलाई उनले सीधै नकारीदिए । यसरी पनि खिचाउन मात्रै टिकापु पुगेका हन् ।
भाद्र ८ गते टिकापुरमा कफ्र्यु लगाइएको थियो तर पनि कफ्र्युको सन्नाटामा कोलाहल थियो । अघि अघि आगो लगाउनेहरुको झुन्ड, पछिपछि उनीहरुलाई सुरक्षा दिने सुरक्षाकर्मीको चाँती थारुहरुको घरबाट लुटिएका सामान हातहातमा बोक्दै रमाउँदै बजार घुमिरहेको लुटेराहरुको झुण्डमा मुस्कुराउँदै थियो । सुरक्षा निकाय घर पसलमा आगो लागेपछि बिनापानीको दमकल साइरन बजाउँदै घटनास्थलमा पुग्दथ्यो र एक दुई झिलिक फोटो खिचाएपछि फर्किन्थ्यो । अन्यत्रको कुरा गर्न चाहन्न म मेरो रिपोर्टमा आगो लाग्दा छिमेकीले दमकल बोलाएर सुरक्षाकर्मी, सेना आए तर निभाएनन् । बरु आगोफाले जस्तै गरी फोटो खिचाए अनि गए । मेरो रिपोर्टमा रहेका रक्सी, टी.भी.हरु तथा बचेका सरसमान टिकापुर विद्युतको गाडीमा हरिशरण भट्ट थरका इन्सपेक्टरले बोकेर लगेको थिए, त्यस्तो बेलामा सुरक्षाकर्मीले सुरक्षा गर्नुको साटो सरसमान ओसारेर लाने निर्देशन कुन निकाय र कसैले गरेको थियो ? मैले अहिलेसम्म बुझेको छैन ।
टिकापुर नजिकको गाउँ नवलपुरमा राति हत्याराहरु लुकेका छन् । भनेर छापाका निहुँमा थारु केटीहरुमाथि दुव्र्यवहार गरिएको समाचार किन यो देशका पत्रकारले पढेनन्, छापेनन् ? मोतीनगर मुनुवामा सादा पोशाक लगाएका सुरक्षाकर्मीले आन्दोलनकर्मी खोज्ने बहानामा तेरो मोबाइल कहाँ छ ? भनेर गुप्ताङ्ग छाम्ने अधिकार कुन कानुनले दिएको छ ? भाद्र ७ गते मारिएका सुरक्षाकर्मीको समाचार र रिपोर्ट बनाउनेहरुले त्यहि घटनामा गोली लागेर बसेको सयौंको खोजी र अन्तर्वार्ता किन प्रकाशन प्रसारण गर्न सकेनन् ? आन्दोलनको नाममा यौनहिंसा महिनौं खेपिरहँदा पनि यो देशका मानवअधिकारकर्मीहरु कुन स्थानको ल्यापटपमा रिपाोर्ट बनाइरहेका थिए ? राज्य, शासक, सामाजिक उत्पीडन सबै एउटै थाप्लोमा सधैं जम्मा भइरहेपछिको अवस्था के ह्न्छ ? राज्यले अझै पनि बेलैमा बुद्धि पु-याउनु पर्छ र न्यायोचित कदम उठाउनै पर्छ । अन्यथा विकल्प के ? यसबाट उत्पन्न कुने परिणामको भागिदार हुन पनि सदा तयार रहनु पर्छ ।
माथि उल्लेखित कुराले पनि टिकापुर घटना हुनुको कारणलाई धेरथोर पुष्टि गर्दछ तर मेरो नजरमा टिकापुर घटना एक संयोग हो, भूकम्प जस्तै तर भूकम्प किन आउँछ, यसको वैज्ञानिक पुष्टि पनि त छ । अचानक हुरी किन चल्छ ? ज्वालामुखी किन फुट्छ ? यी प्राकृतिक आकस्कि घटनासंग टिकापुरको घटनालाई तुलना गदै पनि हुन्छ ।
(टिकापुर घटनाको ‘चिरफार’ किताबबाट)