Logo
२७ पुस २०८१, शनिबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहका कर्मचारी एक हप्ताभित्रमा खटाइने

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिएको दरवन्दी अनुसार ५७ हजार ३५४ कर्मचारीलाई अवको एक हप्तामा खटाउन शुरु गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।

‘‘भर्खरै स्थानीय तहको सांगठनिक संरचना मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ’’ उहाँले भन्नुभयो–‘‘अव कुन स्थानीय तहलाई कति कर्मचारी आवश्यक हुन्छ । त्यसैको आधारका कर्मचारी खटाउने छौ ।’’

स्वीकृत भएको दरवन्दी अनुसार ३७ हजार ६९६ महानगर,उपमहानगर,नगरपालिका र गाउँपालिकाका कार्यालय तथा वडा कार्यालयमा र १९ हजार ५५८ कर्मचारी स्थानीय तहका स्वास्थ्यचौकी, पशुकेन्द्र शिक्षा, वन लगायत शाखा कार्यालमा रहने छ ।

सचिव थपलियका अनुसार स्वीकृत ५७ हजार ३५४ कर्मचारीको दरवन्दी अनुसार केही कर्मचारी त्यही स्थानीय तहमा रहेकोले १६ हजार ८० जना मात्र नयाँ कर्मचारी खटाएइने छ ।

उनले चैत मसान्तसम्म ८० प्रतिशत कर्मचारी खटाइसक्ने बताए। स्थानीय तहमा अहिले ९ हजार ४२ कर्मचारीको दरबन्दी रहेको छ ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्