Logo
२७ पुस २०८१, शनिबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा छुट्टै प्रादेशिक प्रहरी भर्ना गर्ने, सुशासन कायम हुने मुख्य मन्त्रीको दावी

विरगञ्ज : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको बताएका छन् ।

दुई हजार ६१७ औँ महावीर ज्यन्तीका अवसरमा जैन श्वेताम्बर तेरापंथी सभालाई विहिवार विरगञ्चमा आयोजना गरेको कार्यक्रम उनले संघीय सरकारको सहमतिपछि प्रादेशिक प्रहरी भर्ना शुरु हुने बताए । उनले प्रदेश सकारले प्रहरी भर्ना गरेपछि अपराध न्यून भई सुशासन कायम हुने जिकिर गरे ।

सो अवसरमा प्रदेश नं २ का भौतिक पूर्वधार तथा योजनामन्त्री जीतेन्द्र सोनलले वर्ग, क्षेत्र र जात,जातिबीचको विभेदलाई हटाउँदै राजनीतिक रुपमा सबै नागरिकलाई समान अधिकार दिए मुलुकमा दिगो शान्ति कायम हुने बताए ।

पर्साको ठोरीलाई ३ नं प्रदेशमा मिलाउने भनी सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्त गरेको भनाइको प्रतिवाद गर्दै मन्त्री सोनलले पर्सा जिल्लाको एक इञ्च भूभाग पनि कसैलाई नदिइने प्रष्ट पारे ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्