Logo
११ मंसिर २०८१, मंगलबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा १३ बर्षिय बालिकाको सामुहिक बलात्कार : भिडियो बनाएर हत्याको धम्की

धनुषा : बुधवारराती धनुषामा एक बालिका सामुहिका बलात्कारको शिकार भएकी छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरामा गएराती ११ बजे एक १३ वर्षिय बालिका बलात्कृत भएकी छिन् । आमा बुवा घरमा नभएको मौका छोपी स्थानीय धनिक लाल नरसरियाको छोरा अन्दाजी बर्ष ३२ का भुट्टाई भन्ने मनोज नरसरिया र जतन बिराजीका अन्दाजी ३० बर्षिय छोरा दिपेश बिराजीले ती बालिकालाई घरबाट मुख बाँधेर गाउँबाट पर लगि सामुहिक बालात्कार गरेको हो ।

बालिकाका बुवाआमा उनकी मामा घर सिरहाको मटलेश्वर न्यौतामा गएको मौका छोपी बालिकालाई घर भन्दा करिब १ किलोमिटर दक्षिण खेतमा लगेर बलात्कार गरेको बालिकाको कथन छ । बुधबार राती करिब ११ बजे कोही नभएको मौका छोपी दुवै जना बालिकाको घरमा पसेर मुख बाँधी पर लगेको बताइएको छ । बालिकालाई बलात्कार गर्दै मोबाईलमा भिडियो समेत खिचेर दुवै जना गाउँबाट फरार भएको स्थानीय विनोद रोहिताले भने ।

उनीहरुले मलाई जबदस्ती गरे, मलाई मुख थोतेर घरबाट उठाए लगे, मसँग कुकर्म गरे र मोबाईलमा भिडियो पनि खिच्दै धम्की पनि दिए, कसैलाई भन्यो भने मारिदिन्छु पीडित बालिकाले भनिन् । बलात्कारपछि रुदै कराउँदै घर आएकी बािलकाले छरछिमेकीलाई घटनाबारे जानकारी गराएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । पीडित बालिका उपर जवरस्ती करणी (बलात्कार) भएकै हो भनेर ईलाका प्रहरी कार्यालय यदुकूहाका ईन्चार्ज पवन झाले भने ।

जनकपुर स्थित न्युजब्युरोले सार्वाजनिक गरेको खबर अनुसार पीडित बालिकालाई ईलाका प्रहरी कार्यालय यदुकूहामा राखिएको छ भने केही बेरमै जनकपुर अञ्चल अस्पताल जाँचको लागि पठाउने तयारी भईरहेको जनाए । यता, फरार दुवै जनालाई ईलाका प्रहरी कार्यालय यदूकूहा र प्रहरी चौकी चोरा कयलपुरको सँयुक्त टोलीले खोजविन गर्न सक्रियता बढाएको छ ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्