आमाको उपचार गर्न काठमाडौं आएकी महिला नक्कली डाक्टरको सम्बन्धमा परेपछि…!
काठमाडौं : आमाको उपचार गर्न काठमाडौं आएकी एक महिला नक्कली डाक्टरको शारिरीक सम्बन्धमा परेकी छन् । तर उनले प्रहरीमा भने आफू ब्लात्कृत भएको भन्दै उजुरी दिएकी छन् । काठमाडौं स्थित गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी उक्त महिलाले नक्कली डाक्टरबाट आफू बलात्कृत भएकी उजुरीमा दावी गरेकी छन् । यद्यपी समाचार श्रोतले भने सुरुमा अपसी सहमतीमा यौण सम्बन्ध भएको तर पछि ति दुवै जनाको सम्बन्धमा खट-पट भएपछि ब्लात्कार भन्दै ति महिलाले उजुरी दिएको बताएको छ ।
प्रहरीका अनुसार अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती महिलालाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय एक कोइराला थरका (आरोपित युवाको नाम गोप्य) यूवाले बलात्कार गरेको दावी गरेकी छन् ।
ती महिलालाई उक्त युवाले अस्पतालका डाक्टरहरुसँग राम्रो चिनजान भएको र आमाको उपचारमा सहयोग गर्न सक्छु भन्दै झुक्काएर जबरजस्तीकरणी गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीमा उल्लेख भए अनुसार उक्त युवाले महिलालाई सामाखुशीस्थित आफ्नो सानी आमासँग भेटघाट गर्न भनेर मित्रनगरस्थित एक गेष्ट हाउसमा लगेर पटकपटक बलात्कार गरेका हुन् ।
तर श्रोतले भने सुरुमा अपसी सहमतीमा दुवै जनाबीच शारिरीक सम्बन्ध भएको तर पछि कुरो नमिलेपछि महिलाले ब्लातकारको आरोपमा जाहेरी दर्ता गराएको दावी गरेको छ । ‘ती महिलाको कुनै इच्छा नै नभएको भए किन उ यताउती जान्थे र ? गर्ने बेलामा मज्जाले गरेछ, पछि प्रहरीमा जाहेरी दर्ता गनराउन पुगेछ’ श्रोतले भने ‘हाम्रो समाज यस्तै हो यहाँ महिलाको हकमा बनाइएको कानूनको दुरुपयोग भइरहेको छ ।’