Logo
६ पुस २०८१, शनिबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिणकालीबाट रत्नपार्कतर्फ आइरहेको बस फर्पिङमा दुर्घटना, २ को मृत्यु ३३ घाइते

काठमाडौँ : दक्षिणकालीबाट रत्नपार्कतर्फ आइरहेको बस फर्पिङमा दुर्घटना भएको छ । बा१ख ९९९९ दक्षिणकाली यातायात सडकमा भएको खाल्डोका कारण अनियन्त्रित भएर पल्टिँदा३३ जना घाइते भएका छन् भने२ जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार मृतकको संख्या यकिन भएको छैन । ‘अहिले हामी उद्धार गर्दै छौं,’ उनले भने, ‘२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको छ । प्रहरीका अनुसार, घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । टायर पड्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्