संघीय संसदभित्रै कर्मचारीले चर्काए आन्दोलन !
काठमाडौं : संघीय संसद्भित्रै कार्यरत कर्मचारीहरु आन्दोलित चर्काएका छन् । बानेश्वरस्थित संघीय संसद् भवनमा कार्यरत कर्मचारीहरुको सो भवनका प्रमुख कार्यकारी निर्देशक परुषोत्तम आमात्यविरुद्ध आन्दोलन चर्काएका हुन् ।
कार्यालय प्रमुख पदको दुरुपयोग गरी कार्यालय हाताभित्र मनोमानी गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्रमुख आमात्यविरुद्ध आन्दोलन चर्काएको बुझिएको छ । चैत ६ गतेदेखि आन्दोलन जारी छ ।
संठगनका अध्यक्ष छलरामप्रसाद पौड्यालका अनुसार कार्यालय प्रमुखले सवारीसाधान दुरुपयोग गरेको, जिन्सी सामान कौडीको भाउमा बेचेको र अनाधिकृत व्यक्तिलाई आवास क्षेत्र दिएकोले आन्दोलन गर्नु परेको बताए ।
‘गरिमामय संसद भवनभित्रको धार्मिक महत्वका वरपीपल र रुद्राक्षलयागतका रुख काटेको, संसद हाता भित्र मासु, सेकुवा र मद्ययपान गराउने देखि अनाधिकृत व्यक्तिलाई आवास उपलब्ध गराएपछि आन्दोलन गुर्नपरेको हो’ पौडेलले भने, संसदलाई मर्यादित नबनाए सम्म आन्दोलन जारी रहने छ ।’
आज राष्ट्रपतिले संसदलाई संवोधन गर्ने कार्यक्रम रहेको हुनाले एक दिनका लागि आन्दोलन स्थगित गरिएको जानकारी दिए ।