Logo
३ आश्विन २०८१, बिहीबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर ३ को राजधानी काभ्रेलाई तोक्न प्रस्ताव दर्ता

हेटौंडा : काभ्रेलाई प्रदेश राजधानी तोक्न ३ नम्बर प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । एमाले सांसद चन्द्रबहादुर लामा प्रस्तावक र सांसदहरु बसुन्धरा हुमागाईं, रत्नप्रसाद ढकाल र लक्ष्मण लम्साल समर्थक रहेर प्रस्ताव दर्ता गरिएको हो ।

प्रदेशसभा सचिवालयमा हेटौंडाको अस्थायी मुकाम सार्न पहिलोपटक औपचारिक प्रस्ताव दर्ता गरिएको हो । संविधानको धारा २८८ को उपधारा (२) अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्नेछ ।

प्रदेशको भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता, भौतिक पूर्वाधारलगायतका दृष्टिकोणले काभ्रेको बनेपा, पनौति र धुलिखेल नगरपालिकास्थित आईटी पार्क रहेको स्थानमा प्रदेश राजधानी तोक्न काभ्रेका प्रदेशसभा सांसदहरुले प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्