Logo
१३ मंसिर २०८१, बिहीबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी मौलाउँदै छ, लौकही र श्रीपुर नाकाबाट सेटिङमा सुपारी तस्करी

इनरुवा : सुनसरीको नेपाल–भारत सीमानाकामा रहेको लौकही क्षेत्रबाट ठुलो परिमाणमा सुपारीको चोरी तस्करी हुने गरेको खुलासा भएको छ । पूर्वका विभिन्न स्थानहरुबाट इटहरी झुम्का क्षेत्रमा भेला जम्मा पारिएर भण्डारण गरेको सुपारी ठुलो परिमाणमा साना सवारी साधनमार्फत सुनसरीको लौकही र श्रीपुरजब्दी नाकाबाट भारततर्फ तस्करहरुले लैजाने गरेका हुन ।

कारोवारमा संलग्न रहेका दुई वटा समुह बिच एक हप्ता पहिला सीमानाकामा आपसी विवाद भएपछि एउटा पक्षले भारतीय सीमा सुरक्षा बल एसएसवीको बसमतिया बनेलीपट्टी खण्डको क्याम्पलाई खबर गरी सुपारी पक्राउ गराए पछि अर्को समुहले सुनसरी प्रहरीलाई खबर गरेर इनरुवाबाट सुपारी बरामद गर्न लगाएका कारण तस्करहरुको विवादले सुपारी तस्करी प्रकरण बाहिर आएको हो ।

स्रोतका अनुसार झण्डै एक वर्षदेखि लौकही श्रीपुरजब्दी नाकाबाट सुपारी भारततर्फ लैजाने गरेको तस्करहरुको समुहले भारतको बसमतीयामा एउटै व्यापारीलाई सुपारीको बिक्री गर्दै आएका थिए । सोही समुहमा भारतीय प्रहरीलाई लाइन दिने विवादमा एउटा पक्षले एकलौटी व्यापार गर्नका लागि अर्को पक्षको सामान पक्राउ गरी कारोवार बन्द गराउन खोजेपछि अर्को समुहले नेपाल प्रहरीलाई सूचना दिएर सुपारी पक्राउ गराएको हो ।

त्यसपछि हाल दुवै समुहले पुनः एकले अर्काको माल पक्राउ नगराउने सहमतिमा लौकही श्रीपुरजब्दी नाकाबाट तस्करी खुल्ला गरेर ओसारपसार गर्न थालेको स्रोतले जनाएको छ । प्रायः जसो रातीको समयमा इटहरी झुम्काबाट सुपारी लोड भएका साना पिकअप भ्यान आउने र फर्कदा बोइलर कुखुरा लिएर जाने गरेका छन ।

बोइलर सँगै भारतीय बाजारबाट तस्करी गरी ल्याइएका कपडाहरु सो नाकामा भेला पारी यिनै सवारी साधनले दैनिक झुम्का इटहरीतर्फ लैजाने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवा ३ सखुवागाछी चौकबाट को १ च ९५३७ नम्वरको टाटा पिकअप गाडीमा ३५ वटा बोरामा लोड गरिएको २० लाख मुल्यको सुपारी एक साता अगाडि पक्राउ गरेको थियो ।

सुपारी तस्कर समुहको सोही परिमाणको सुपारी त्यस भन्दा तीन दिन अगाडी बनेलीपट्टीमा रहेको एसएसबीले पक्राउ गरी भिमनगर कस्टम अफिसलाई बुझाएको थियो ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्