Logo
११ मंसिर २०८१, मंगलबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाजा घरको नाममा वेस्यालय ‘कोठी’ सञ्चालन

काठमाडौं : काठमाडौंको टोखा–६, गोंगबुमा न्यू पाल्पाली रानीमहल खाजा घरको नाममा यौनधन्दा हुने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले खाजा घरबाट होटल सञ्चालक हेमन्त गैरे र सानु राईसहित दुई जना महिलालाई नियन्त्रण लिएसँगै खाजा घरको नाममा ‘कोठी’ सञ्चालन हुने गरेको खुलेको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार होटलमा वेटर तथा सरसफाई गर्ने भनेर महिलालाई सुरुमा काममा लगाउने र विना इच्छा अपरिचित व्यक्तिहरुलाई बोलाएर पटकपटक जबरजस्तीकरणी गराउने अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

‘अपरिचित पुरुषहरुसँग बस्न र जान नमानेमा कुटपिट गरेर होटलमै बन्धक बनाएर राख्ने गरेको पनि युवतीहरुले बयान दिएका छन्’, परिसरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक दिनमा ५-६ जनासँग यौन धन्दामा लगाएर युवतीहरुलाई रकम समेत नदिने गरेको देखिएको छ ।’

 

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्