चीन सरकारको सहयोगमा सर्लाहीका बाढी पिडितलाई राहत सामग्री वितरण
सर्लाही : बागमती सेवा समाज नेपालले सर्लाहीका बाढी पिडितहरुलाई राहत सामग्री वितरण गरेको छ ।
चीन सरकार, यु.एन.डी.पी. र समाजले उक्त राहत सामग्री बितरण गरेको हो । समाजका कार्यकारी निर्देशक निरज भण्डारीका अनाुसार गत श्रावण २८ गते आएको भिषण बाढीबाट पिडित १७ स्थानीय तहका ३६०० बाढी पिडित परीवारलाइ राहात स्वरूप गैर खाध्याण सामाग्री बितरण गरिएको हो ।
जिल्ला दैबी प्रकोप उद्दार समितिको बैठकले उक्त राहत सामग्री वितरण गर्ने निर्णय गरेको थियो । जिल्ला दैबी प्रकोप उद्धार समितिको निर्णय अनुसार स्थानीय तहको समन्वयमा बाढी पिडित भएका मध्ये दलित, गरीव, एकल महिला, अपांगता व्यक्ति तथा बृद्धबृद्धाहरुलाइ लक्षित गरी राहत बितरण गरिएको हो । उक्त कार्यको मोबाइल एप्सद्धारा डाटा अभिलेखीकरण समेत गरिएको छ ।
वितरण कार्यबाट जिल्लाका ७० प्रतिशत दलित/जनजाती, ३ प्रतिशत मुस्लिम र २७ प्रतिशत अन्य समुदायका बाढी पिडित परिवारहरु लाभान्वित भएका छन् । भण्डारीका अनु्सार वितरण कार्य भइरहदा प्रमुख जिल्ला अधिकारि कृष्णबहादुर कटवालको नेतृत्वमा एक उच्च स्तरिय टोलीले अनुगमन समेत गरेका थिए । उक्त समुहमा जिल्ला समन्वय समितिका सभापति, नेपाली सेनाका मेजर, शसस्त्र र जनपद प्रहरीका एस।पी। र राष्ट्रिय अनुसन्धानका प्रमुख समेतको सहभागिता रहेको थियो ।
अनुगमन संयुक्त टोलीले राहत साम्रागी लक्षित समुदायमा पुगेको समेत पुष्टि गरेका छन् । यस वितरणले बाढी पिडित समुदायलार्इ लाभ हुने दैनिक उपभोग्य सामग्रीको पूर्ति हुने छ र खान पकाउने क्रममा खर्च हुने दाउरामा ७० प्रतिशतले कमि आइ श्रमको बचत हुने अपेक्षा गरिएको छ ।
बितरण गरिएको सामग्रीहरुमा प्रति परिवारलाई जाडोमा ओढ्ने पछ्यौरा २ थान, कम्बल २ थान, वाल्टीन/जग २ थान, खाना पकाउने भाडा १ सेट, खाना खाने प्लेट १ सेट, सुपानेट झूल २ थान, धुवा रहित खाना पकाउने चुलो, पानी छान्ने फिल्टर सेट, र एक परीवारलाइ दुर्इ महिनालाइ पुग्ने स्वच्छता समाग्री रहेको छ ।