Logo
१५ मंसिर २०८१, शनिबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलत्कारको डरलाग्दो रुप : ललितपुरमा मात्रै नौ महिनामा दुई दर्जन बलात्कृत

ललितपुर : पछिल्लो समय बलत्कारको घटनाले डरलाग्दो रुप लिन थालेको छ । यसैक्रममा ललितपुरमा शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै गएका छन् ।

अधिकांश घटनामा बालिका नै पीडित भएका छन् । सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालका अनुसार चैतमा मात्रै चार वटा करणीको जाहेरी दर्ता भएका छन् । उनले भने, ‘बालिका करणी गर्न खोजिएको घटना धेरै छन् ।’ उनका अनुसार यस वर्ष सातदोबाटो वृत्तमा मात्रै सात वटा बलात्कारका घटना दर्ता भएका छन् ।

चैतमा नै चार वटा बलात्कारका जाहेरी परेका छन् । तीमध्ये तीन घटनामा बालिका पीडित छन् । चैत ६ गते बागमती गाउँपालिका–४, प्युटारकी ७ वर्षीया बालिकालाई आफ्नै नाता पर्ने कृष्ण बमजनले करणी गर्न खोजेको आरोपमा पक्राउ गरी अदालतबाट थुना म्याद थपेर चापागाउँ प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ । घटनालगत्तै फरार बमजनलाई प्रहरीले मकवानपुरबाट समातेर ल्याएको थियो ।

चापागाउँ वृत्तका डीएसपी रवीन्द्र रेग्मीले उनीमाथि अनुसन्धान अघि बढेको जानकारी दिए । रेग्मीका अनुसार सुनाकोठीमा ७ वर्षीया बालिकालाई ज्यामी काम गर्ने तराई मूलका एक व्यक्तिले फागुन अन्तिममा बलात्कार प्रयास गरेका थिए । चापागाउँ वृत्तको रेकर्डअनुसार गोदावरीमा ११ वर्षकी र शंखुमा १३ वर्षकी बालिका बलात्कारमा परेका छन् । ‘कतिपय आरोपीमाथि अनुसन्धान चलिरहेको छ त कुनै पीडक जेल चलान भइसकेका छन्’, रेग्मीले भने ।

अन्नपूर्णका अनुसार ‘बेइज्जत हुने’ भन्दै कतिपय घटना आपसमा मिलाउने गरिएको छ । घटना बाहिर सार्वजनिक भइसकेपछि मात्रै प्रहरीकहाँ पुग्ने प्रवृत्ति देखिएको उनले बताए । खासगरी बढी उमेर समूहका बालात्कारका घटना लुकाउन पीडक र पीडितबीच मिलेमतो हुने गरेको  छ। ‘करणीको मुद्दामा धेरैजसो बालिका पीडित भएको देखिएको छ’, उनको कथन थियो ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्