Logo
११ मंसिर २०८१, मंगलबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस लिदै गरेका सशस्त्रका दुई प्रहरी जवान अख्तियारको फन्दामा

इनरुवा : सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट मंगलवार साँझसशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई पक्राउ गरेको हो ।

जवानद्वयले भारतीय गाडीलाई नेपाल प्रवेशका लागि छोडेवापत रु २५ हजार रकम माग गरेपछि उनीहरु अख्तियारको फन्दामा परेका हुन् । सशस्त्र प्रहरीले सोमबार भारतीय गाडीलाई प्रवेश गराइ दिएवापत रु २५ हजार शदनुपर्ने माग गरेको र पैसा आज दिने कवोल गरेपछि गाडीलाई प्रवेश गर्न दिएको थियो ।

सोही पैसा दिनका लागि आएको बेला सुराकी पाएपछि गएको अख्तियारको टोलीले लक्ष्मी फेन्सी स्टोरबाट खड्का र खत्रीलाई पक्राउ गरेको हो । इनरुवा सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट मंगलवार साँझसशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई पक्राउ गरेको हो । जवानद्वयले भारतीय गाडीलाई नेपाल प्रवेशका लागि छोडेवापत रु २५ हजार रकम माग गरेपछि उनीहरु अख्तियारको फन्दामा परेका हुन् ।

सशस्त्र प्रहरीले सोमबार भारतीय गाडीलाई प्रवेश गराइ दिएवापत रु २५ हजार शदनुपर्ने माग गरेको र पैसा आज दिने कवोल गरेपछि गाडीलाई प्रवेश गर्न दिएको थियो । सोही पैसा दिनका लागि आएको बेला सुराकी पाएपछि गएको अख्तियारको टोलीले लक्ष्मी फेन्सी स्टोरबाट खड्का र खत्रीलाई पक्राउ गरेको हो ।(रासस)

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्