Logo
४ आश्विन २०८१, शुक्रबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरायसी  झगडा हुँदा श्रीमानले बाँसको भाटाले हानेर श्रीमतीको हत्या

खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईलाई बाँसको भाटाले हानेर हत्या गरेका छ ।

घरायसी विवादमा सोमबार साँझ झगडा हुँदा श्रीमान/श्रीमतीबीच श्रीमान्ले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिएका छन् ।’श्रीमतीले मादकपदार्थ सेवन गरेकी रहेछन् ।’ उनले भने, ‘मातेको झोँकमा श्रीमान्माथि जाइलाग्दा श्रीमान्ले बाँसको भाटाले हान्दा उनको मृत्यु भएको खुल्न आएको छ ।’

घटनालगत्तै श्रीमान् मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पु¥याइएको आफन्तले जनाएका छन् ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्