Logo
१३ मंसिर २०८१, बिहीबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको पूर्वी पृतना मुख्यालयमा दुई सैनिक मृत फेला

सुनसरी : नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई सैनिक मृत अवस्थामा फेला परेको छ । पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकमा पोखरीमा डुवेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो

मृत भेटिएका सैनिक शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रतिष्ठनले जनाएको छ ।

सेनाको मुख्यालय इटहरी भित्र रहेको पोखरीमा दुई व्यक्ति डुबेर मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्ला गरेपछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर बिपी प्रतिष्ठान लगिएकाे बताइएको छ ।

मुत्यु हुनेमा अन्दाजी ३० वर्षका दोलखबहादुर चन्द र अर्का सोही उमेरका भरत विक रहेको खुले पनि आधिकारिक रुपमा पृतना मुख्यालयले भने यसको जानकारी दिएको छैन । मृतक दुवैको शव सोमबार राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको भने प्रतिष्ठानले खुलासा गरेको छ ।

नेपाली सेनामा कार्यरत ती दुवै व्यक्तिको के कस्तो कारणले ज्यान गएको हो भन्ने विषयमा आधिकारिक रुपमा जवाफ प्राप्त हुन सकेको छैन । साथै ती दुवै मृतक कहाँका हुन् भन्ने कुरा पनि बाहिर आउन सकेको छैन ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्