Logo
१५ मंसिर २०८१, शनिबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियाद्धारा रुसी कुटनीतिज्ञ देश निकाला, रुस विरुद ईयुको साझा कदम

काठमाडौं : युरोपेली युनियनका देशहरुले रुसी कुटनीतिज्ञहरुलाई देश निकाला गरिरहदा अष्ट्रेलियाले पनि रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।

रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने राष्ट्रहरुको सूचीमा पछिल्लो पटक अष्ट्रेलिया पनि थपिएको हो । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दुईजना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश दिएका छन् ।

यस अघि अमेरिका, क्यानाडा र युरोपका देशहरुले हालसम्म एक सयभन्दा बढी रूसी कुटनीतिज्ञहरुलाई देश निकाला गरिसकेका छन् ।

यता युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कले इयुको साझा कदम अन्तर्गत रूसका थप कुटनीतिज्ञहरु देश निकाला हुनसक्ने बताएको बीबीसीले जनाएको छ ।

बेलायतमा रुसका पूर्वजासुस सर्गेई स्किपल र उनकी छोरी युलियालाई बिष प्रयोग गरी हत्या गर्न खोजेको आरोपमा रुसले नर्बेका एजेन्टमाथि गरेको कारवाहीको प्रतिक्रियाअन्तर्गत साझा कदमचलेको हो । यही प्रतिक्रियास्वरुप अमेरिकाले २० जना कुटनीतिज्ञलाई निस्कासित गरेको छ भने सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गराएको विविसीले जनाएको छ ।

रुसी कुटनीतिज्ञहरुलाई उनका परिवारका सदस्यहरुसहित अमेरिका छाड्न सात दिनको समय दिइएको ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सलाई उदृत गर्दै विविसीले जनाएको छ ।

उनले भनेकी छन्, ‘आज राष्ट्रपति डोनाल्ड ट्रम्पबाट रुसका दर्जनौं कुटनीतिक अधिकारीहरुलाई अमेरिकाबाट निस्कासित गर्न आदेश आएको छ । यसका साथै सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गर्न पनि आदेश दिइएको छ । किनकी यो दूतावास हाम्रो पनडुब्बी र बोइङ अड्डाको नजिकै छ ।’

शीत युद्धपछि रुसमाथि अमेरिकाले सबैभन्दा ठूलो कारवाही गरेको बीबीसीले जनाएको छ । यसअघि शीत युद्धको बेला सन् १९८६ मा तत्कालीन अमेकिी राष्ट्रपति रोनाल्ड रेगनले ८० रुसी कुटनीतिज्ञलाई निस्कासित गरेका थिए ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्