Logo
१५ मंसिर २०८१, शनिबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी शैक्षिकसत्र २०७५ मा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव प्रेमकुमार राईको अध्यक्षतामा आज बसेको बैठकले कक्षा १ देखि ५ सम्म जनकशिक्षा सामग्री केन्द्र लिमिटेड र ६ देखि १० सम्म निजी क्षेत्रले यही चैत २५ गतेभित्र सबै जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पु¥याइसक्ने निर्णय गरेको हो ।

आधारभूत तहका अंग्रेजी माध्यमको पाठ्यपुस्तक साझा प्रकाशनले उत्पादन र वितरण गर्दै आएको छ ।

यस्तै आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक रंगीन हुनेबारे सम्बन्धित शिक्षक अभिभावकमा जानकारी दिन, निःशुल्क पाठ्यपुस्तकवापतको रकम स्थानीय तहमार्फत भुक्तानी गराउन र समयमा पाठ्यपुस्तक उपलब्ध भए नभएकाबारे अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन गर्न पनि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

बैठकमा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मी, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्री, साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, जनक शिक्षाका प्रबन्ध सञ्चालक महेश तिमल्सनालगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्