अनुसन्धानका लागि गणेश लामालाई दश दिन थुनामा राख्न म्याद थप
काठमाडौँ : हतियारसहित गौशालाबाट पक्राउ परेका भनिएका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो ।
“थप अनुसन्धान भएपछि मात्र यस सम्बन्धमा आधिकारिक प्रमाण आउँछ”, उहाँले भन्नुभयो । हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजायाँ हुने व्यवस्था छ ।
लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई यही माघमा अदालतले सफाइ दिएको थियो । (रासस)