Logo
३ आश्विन २०८१, बिहीबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इँटाभट्टामा चट्याङ पर्दा १९ वर्षीय तामाङको मृत्यु

भक्तपुर । सोमबार दिउँसो परेको पानी र चट्याङ्का कारण भक्तपुर एक जनाको मृत्यु भएको छ । हरिगढी नगरपालिका–५ सिन्धुली घर भई चाँगुनारायण नगरपालिबम– ८ चुँडालस्थित चम्प इँटाभट्टामा चट्याङ पर्दा सो भट्टामा काम गर्ने १९ वर्षीय सुरेन्द्र बल तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएका मकवानपुर फापरबारी गाउँपालिकाका १७ वर्षीया सञ्जली योञ्जनको भक्तपुर अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्