Logo
११ मंसिर २०८१, मंगलबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबारको दिन यसरी गरौँ भगवान शिवको पुजा : सांसारीक कष्ट र मानसीक तनावबाट छुटकारा

सोमबारलाई भगवान शिवको पुजा अराधना गर्ने दिनको रुपमा मान्निछ । सोमको अर्थ हुन्छ चँन्द्र जुन भगवान शिवको जटामा विराजीत रहेको छ । यस पुरै ब्रम्हान्डमा शिवलाई नै सबैभन्दा ठूलो देउताको रुपमा मान्ने गरीएको हुनाले महादेवलाई जगतेश्वर महादेवको नाम पनि दिईएको छ ।

सोमबारको दिन भगवान शिवको पुजा अराधना गर्नेबेला यदि निम्नलीखीत नामहरुको स्मरण गरीन्छ भने सांसारीक कष्ट र मानसिक तनावबाट मुक्ति मिल्ने विश्वास रहेको छ ।

ऊं अघोराय नमस्, ऊं शर्वाय नमस्, ऊं विरूपाक्षाय नमस्, ऊं विश्वरूपिणे नमस्, ऊं त्र्यम्बकाय नमस्, ऊं कपर्दिने नमस्, ऊं भैरवाय नमस्, ऊं शूलपाणये नमस्, ऊं ईशानाय नमस्, ऊं महेश्वराय नमस्
सोमबारको दिन शिवलीगंको पुजा गरीसके पछि कुशको आसनमा बसेर रुद्राक्षको माला लीई तल दिइएका केही मन्त्रहरुको जाप आफनो इच्छाअनुसार ११, २१ ,१०१,१००१ चेटी गर्नाले विलक्षण सिद्धी र मनोकाँन्क्षा पुराहुने विश्वास छ ।जापगर्ने समयमा पूर्व या उत्तर दिशामा बस्नाले लाभदायी हुनेछ ।

हरेक समस्याको समाधान हुन्छ तल दिएका मन्त्रहरुको जाप गर्ननाले

-ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , -नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस्

भगवान शिवको पुजन बिधी
बिहान आफनो नित्यकर्म सकिए पश्चात नुहाएर पवित्र भएर घर या नजिकको मंन्दिरमा शिव,माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुस् ।जल अर्पित गरीसकेपछि शिवलींगमाथि चन्दन,चामल,बेलपत्र र धतुरोको फूल चढाउँनुस् । पुजा सम्पन्न गर्नको लागि भगवान शिवलाई घयू वा गुडको भोग लगाउनुस् त्यपछि अन्तिममा धुप,दिप लिएर आरती ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्