Logo
५ आश्विन २०८१, शनिबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीका पे्रस सल्लाहकारमा अर्याल नियुक्त, जनसम्पर्कमा मैनाली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको दुई सल्लाहकार नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गरिएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । त्यस्तै जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भएका छन् ।

मैनाली र अर्याललाई राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरिएका हुन्। एमाले नेता मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए चर, चुनाव हारे ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्