Logo
१५ मंसिर २०८१, शनिबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैधरूपमा नेपाल भित्र्याइएको साढे नौ लाख मूल्यबराबरको सामग्री प्रहरीद्धारा बरामद

इलाम : भन्सार छलेर अवैधरूपमा नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले बरामद गरेको छ । दुईवटा पिकअपमा सीमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको चाउचाउ, चिसो पेय पदार्थ, मदिराजन्य पदार्थलगायतका करिब साढे नौ लाख मूल्य बराबरको सामग्री तीनघरे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले बरामद गरेको हो ।

प्रहरीले मे। १ ज। १६३१ र मे। १ ज। २९२८ नम्बरको पिकअप, भन्सार छलेर ल्याएको लाखौँ मूल्यको सामग्रीसहित पिकअपका चालकद्वय सूर्योदय नगरपालिका–२ का हुकुम तामाङ र सोही स्थानका पुरन स्याम्बोलाई पक्राउ गरेको हो । नियन्त्रणमा लिएको पिकअप र बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको नायव सुब्बा चेतनाथ खनालले जानकारी दिए ।

पिकअप चालकलाई भने प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । तस्करले पशुपतिनगरका सीमा नाकाबाट अवैध तरिकाले नेपालतर्फ भित्राएको उक्त सामग्रीहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसम्म पु¥याउँदै आएका छन् । (रासस)

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्