Logo
५ आश्विन २०८१, शनिबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठक बस्दै, सत्य निरुपण सहित ३ अध्यादेश पेश गर्ने तयारी

काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश पेश गर्ने तयारी छ । संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले यी तीन अध्यादेश सम्भवत सोमबारको संसद बैठकमा पेश हुने र छलफल हुनसक्ने बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश सोमबार पेश हुन लागेका हुन् । सरकारले ल्याएका अध्यादेश ६० दिनभित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अन्यथा अध्यादेश स्वतः निष्कृय हुनेछ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्