Logo
४ आश्विन २०८१, शुक्रबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनवटा हत्या, बालक अपहरण र बम विस्फोटको आरोपमा यादव पक्राउ

काठमाडौँ : आपराधिक गतिविधिमा संलग्न हुँदै आएका राैतहटका बारुद सिंह भन्ने सुरेन्द्र यादव पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई आइतबार वीरगंजबाट पक्राउ गरेको हो। उनलाई पर्साकाे सीमावर्ती क्षेत्रबाट पक्राउ गरेकाे हाे ।

३८ वर्षीय सि‌ंह राैतहट पाेठीयाहीका स्थायी वासिन्दा हुन् । हत्या, फिरौती र रकम असुलीको अभियोगमा उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार सि‌ंहमाथि राैतहटमा तीन वटा हत्या, सर्लाहीमा बालक अपहरण र विभिन्न चिनी मिलहरुमा बम विस्फाेट गराएकाे अभियाेग छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्