Logo
४ आश्विन २०८१, शुक्रबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिक्किम, पश्चिम बंगाल र विहारका लागि प्रदेश नं १ महत्वपूर्ण : राजदूत पुरी

विराटनगर : मोरङको कटहरी स्थित पशुपति शिक्षा मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिनुभयो ।

शेरधन राईले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रदेश नं १ सिक्किम, पश्चिम बंगाल र विहारसँग जोडिएकाले भारतका लागि महत्वपूर्ण रहेको बताउनुभयो । सांसद शिवकुमार मण्डलले नागरिकलाई आत्मनिर्भर बनाउने शिक्षा नीतिको खाँचो छ भन्नुभयो ।

मोरङको कटहरी–१ स्थित तीन कठ्ठा १५ जग्गामा निर्मित उक्त विद्यालय रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । बा¥ह हजार वर्गफिटमा नवनिर्मित दुई तल उक्त भवनमा कार्यालय कक्ष, शिक्षक शिक्षिका कक्ष र शौचालयबाहेक १४ वटा कक्षा कोठा रहेका छन् ।

कक्षा ७ सम्म अध्यापन हुने यस विद्यालयमा २६३ विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन निर्माणका लागि यस क्षेत्रका उद्योगी तथा व्यापारीले सहयोग गर्नुभएको थियो । पशुपति शिक्षा प्रसार समिति नेपालले मुलुकभरि ३५ विद्यालय निर्माण गरी दुई हजार ५०० छात्र र तीन हजार ५०० छात्राको पठनपाठनको व्यवस्था गरिरहेको छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्