Logo
४ आश्विन २०८१, शुक्रबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गजेन्द्रनारायण सिंहको ८९ औं जन्मजयन्ती : सडकमा नेताले बाँडे लड्डु

राजविराज : नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेसवादका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको ८९ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

पदेश २ का सामाजिक विकास मन्त्री तथा राजपाका उपाध्यक्ष नवलकिशोर साह, प्रदेशसभा सदस्य चन्द्रकान्त चौधरी, विदेश्वर यादव, राजपाका उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवका साथै केन्द्रीय सदस्यहरु तथा स्थानीय स्तरका नेता/कार्यकर्ता माल्यार्पणमा सहभागी भए।

मधेसकेन्द्रित दलका नेता, प्रदेशका मन्त्री र सांसदहरुले आइतबार बिहान राजविराजस्थित गजेन्द्र चौकमा रहेको सिंहको सालिकमा माल्यार्पण गरे ।

सोही अवसरमा राजपाले राजविराजमा गाउँदेखि संघीय संसदसम्मका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । राजपा सप्तरीको अध्यक्ष मण्डलका सदस्य सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाबाट निर्वाचित जिल्लाभरिका जनप्रतिनिधिको उपस्थिति थियो ।

गजेन्द्रनारायण सिंहले २०४७ सालमा सदभावना परिषद् हुँदै नेपाल सदभावना पार्टीको गठन गरेका थिए। उनी १९९८ सालमा रामनवमीको दिन जन्मिएका थिए ।

यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव तथा मधेसवादी नेता विनोद यादवले सिंहको जन्मजयन्तीका अवसरमा राजविराजमा लड्डु बाँडेका छन् ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्