Logo
१५ मंसिर २०८१, शनिबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ दिनदेखि अस्थायी शिक्षक अनसनमा, स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं : ५ दिनदेखि राजधानीमा अस्थायी शिक्षक आमरण अनसनमा छन् ।
गत बुधबारदेखि बारास्थित नेपाल राष्ट्रिय प्राविका शिक्षक धर्मेन्द्र ठाकुर र नुवाकोट शिवपुरीको स्याउरीभूमि माविका शिक्षक नरबहादुर बस्नेत परीक्षा स्थगित गर्नुपर्ने चारबुँदे माग राख्दै आमरण अनसनमा बसेका छन् ।

यही चैत २३ गते हुन लागेको परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरुको आमरण अनसन भद्रकालीमा पाँचौं दिन पनि जारी रहेको हो । गत बुधबारदेखि अनसनरत शिक्षकहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
अनसनरत शिक्षकहरुले चैत २३ को परीक्षा स्थगित नभएसम्म अनसन नतोड्ने बताएका छन् ।

अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिका उपाध्यक्ष नारायणप्रसाद अर्यालले चार बुँदे मागहरु पूरा नभएसम्म कुनैपनि हालतमा अनसन नतोड्ने बताए । अनसनरत शिक्षकको अवस्था कमजोर बन्दै गएको उनको भनाइ छ ।

चैत २३ मा हुन लागेको अस्थायी शिक्षकको आन्तरिक परीक्षा तत्काल स्थगित गर्नुपर्ने, सम्पूर्ण अस्थायी र करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट प्रक्रिया पुर्याई स्थायी गर्नुपर्ने, उनीहरूको शतप्रतिशत सेवा अवधि गणना गर्नुपर्ने र सम्पूर्ण अस्थायी तथा करार शिक्षकलाई औषधि–उपचार खर्चको व्यवस्था गर्नुुपर्ने माग राखिएको छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्