Logo
१५ पुस २०८१, सोमबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेवारी समुदायमा मनाइने ‘सेतो मत्स्येन्द्रनाथ’ को रथ यात्रा आजबाट शुरु

काठमाडाैँ : अाज चैत्र शुक्ल अष्टमी, अाजका दिन सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा पनि शुरु गरिन्छ । आज तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ ।

चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मत्स्येन्द्रबहालसम्म यात्रा चलाइन्छ । मत्स्येन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ ।

यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ । आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मत्स्येन्द्रनाथको रथयात्रा पनि आजै शुरु हुने छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्