Logo
२७ पुस २०८१, शनिबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ वर्षपछि कांग्रेस कार्यालयमा नरहरि आचार्य : यस्तो छ पराजयको लिखित कारण

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य तथा नेता नरहरि आचार्य दुई वर्षपछि शनिबार पार्टी कार्यलय सानेपामा पुगेका छन् । पार्टी केन्द्रीय समितिको शुक्रबारदेखि जारी बैठकमा भाग लिन आचार्य पार्टी कार्यलयमा पुगेका हुन् ।

तत्कालीन पार्टी सभापति शुसिल कोइरालाको निधन पछि उनलाई श्रद्धान्जली दिन महारजगन्ज पुगेका नेता आचार्य मस्तिस्क पक्षघात भएर लामो समय आरम (बेड रेस्ट) गरेका थिए ।

कोइरालाको निधन भएको दिन १६ फागुन २०७२ देखि उनी पार्टी कार्यलय जान सकेका थिएनन् । पार्टीको मनोनित केन्द्रीय सदस्य रहेका आचार्य १३ औँ महाधिवेशनबाट आएका सभापति शेरबहादुर देउवाले मनोनित गरेपछिको केन्द्रीय समितिको बैठकमा आचार्यलको पहिलो पटक उपस्थिती हो ।

केन्द्रीय समितिमा आचार्यले लिखित सुझाव पेश गरेका छन् । प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा पार्टीले हारेको विषयमा नेतृत्वलाई मात्रै दोष नदिइ पदअनुसारको जिम्मेवारी सबैले लिनु पर्ने धारणा आचार्यले राखे ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्