Logo
११ मंसिर २०८१, मंगलबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रणवीर र दीपिका विवाह गर्दै : यस्तो रहेको छ तयारी

बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोण विवाहको तयारीमा रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेका केहि तस्विरहरुलाई लिएर उक्त अनुमान गरिएकाे छ । उक्त तस्बिरमा बिवाहको गेटअपमा देखिएका छन् ।

बिवाहको गेटअपमा सामाजिक संजालमा भाईरल भईरहेको उनीहरुको ति तस्विरहरु बिवाह अघि गरिने फोटोसुट भनिएको छ । खासमा केहिदिन अघि उनीहरुको बिवाह र इंगेजमेन्टको खबर बाहिरिएका थिए । रणवीरसँग दीपिका दुबैको आमाबुबाले बिबाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् ।

बिबाह मिटिङ दीपिकाको घर प्रभादेवीमा भएको थियो । मिटिङ्को समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए । दीपिका र रणवीरले बिदेशमा बिबाह गर्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबैको परिवारले इच्छा मुम्बईमा बिबाह समारोह राख्ने रहेको छ ।

समाचारमा उल्लेख भए अनुसार यी दुबैको बिबाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । बिबाह पछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् । भारतीय मिडियाका अुनसार उनीहरु चाँडै नै बिवाहबन्धमा बाँधिनेवाला छन् । दुवैको परिवारहरु बिवाहको तयारीमा लागेको अमरउजालको दावी छ ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्