फेरि अर्को फैसला : चारा घोटाला प्रकरणमा लालु यादवलाई थप १४ वर्ष जेल
काठमाडौं : चारा घोटाला प्रकरणमा भारतको विशेष सीबीआइ अदालतले शनिबार राष्ट्रिय जनता दलका (राजद) का अध्यक्ष तथा विहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई १४ वर्षको जेल सजाय सुनाएको छ । साथै अदालतले उनलाई ३०-३० हजार गरी ६० हजारको जरिवाना समेत लगाएको छ ।
अदालतका वकिलका अनुसार उनलाई अलग अलग धारामा सजाय सुनाइएको छ । दुवै धारामा उनलाई ७- ७ वर्षको सजाय सुनाइएको हो । लालुलाई सुनाइएको सजाय पूरा हुने बित्तिक्कै फेरि अर्को सजाय सुरु हुने समेत भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर उनको वकिलले भनेका छन्, ‘ फैसलाको कपी आउने बित्तिक्कै सबैलाई थाहा हुन्छ की कत्ति वर्षको सजाँय हुन्छ । अहिले जेल त काटिहेकै हुनुहुन्छ ।’
दोषी ठहराइएका यादवसँगै उनका १९ जनालाई समेत सजायको लागि तीनदेखि अदालतमा सुनुवाइ भइरहेको छ । २१ देखि २३ मार्चसम्म सुनुवाइपछि शनिबार लालूलाई सजाइ सुनाइएको हो । यसअघि आरजेडी चीफको उच्च अदालतबाट सजाँय सुनाइएको थियो लालु यादवलाई ।