Logo
२७ पुस २०८१, शनिबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत जानु पुर्व प्रधानमन्त्री ओलीले बिभिन्न घोषणा सहित देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । देशबासीका नाममा सम्बोधन गरी आफ्ना सरकारका प्राथमिकता र नीतिका बारेमा ओलीले विशेष घोषणा गर्न लागेका हुन् । प्रधानमन्त्री नियुक्त भएको एक महिनापछि ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

चैतको अन्तिम साता भारत भ्रमणमा जान लागेका ओलीले त्यसअघि नै देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको सरकारमा सहभागी एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिए । सम्बोधनमा समावेश हुने विषयवस्तुका बारेमा गृहकार्य गर्न प्रधानमन्त्री ओलीले सल्लाहकार समूह र विज्ञहरुलाई निर्देशन गरिसकेका छन् ।

यसैगरी, बिभिन्न मन्त्रीहरुसँग पनि उनले परामर्श गरिरहेका छन् । ‘सम्भवतः एक साताभित्र प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्नुहुन्छ’ उनको सचिवालयका एक कर्मचारीले दैनिक नेपाललाई भने । ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा आउन ढिलाई गरेका कारण मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन् । प्रधानमन्त्री ओलीले पूर्वपश्चिम विद्युतीय रेलमार्ग, रसुवाबाट काठमाडौँ पोखरा हुँदै लुम्बिनीसम्म रेल मार्ग, काठमाडौँमा मोनो रेल, पानी जहाज, धराहरा पुनर्निर्माण, युवाहरुलाई स्वरोजगार परियोजना लगायतका लोकप्रिय योजना घोषणा गर्दैछन् । पूर्वाधार विकास, उर्जा र पर्यटनलाई केन्द्रमा राखेर ओलीले सम्बोधनको तयारी गर्न भनेको स्रोतले जनायो ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्