पार्टी एकताका विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक
काठमाडौं : एमालेसँग हुन लागेको पार्टी एकताका विषयमा छलफल गर्न माओवादी केन्द्रको कार्यालय बैठक जारी छ। बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको हो।
बैठकमा एमालेसँगको एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने पार्टी नेता मणि थापाले बताए। ‘छलफल मुख्य रुपमा एमालेसँगको एकताकै विषयमा हुने थापाले जानकारी दिए ।
कार्यालय बैठकपछि शनिवारै दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच छलफल हुनेछ। शनिबार बिहान चक्रपथ सरसफाई अभियानको ५८ औं हप्ताको समारोहलाई सम्बोधन गर्दै दाहालले ओलीसँग विशेष भेट हुने बताएका थिए।
एमाले–माओवादी केन्द्रबीच सरकार गठनपछि एकताका विषयमा शीर्ष नेतृत्वबीच छलफल हुन सकेको छैन।